खाेप केन्द्रमा जान नसक्ने जेष्ठ नागरिकलाई अब घरघरमै काेराेना खोप
फाइल तस्बिर

कोरोना विरुद्धको खोप लगाउनका लागि सरकारले तोकेको खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकले अब घरघरमै कोरोना खोप पाउने भएका छन् । उक्त विषयमा सर्वोच्च अदालतले आदेश दिएको हो । 

अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएपछि अब उनीहरुले घरघरमै कोरोना खोप पाउने भएका हुन् । 

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाको इजलासले खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिन आदेश दिएको हो । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १६:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया