नेपाल खेलकुद महासंघले गर्‍याे मोरङ जिल्ला भेला

नेपाल खेलकुद महासंघले मोरङ जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न गरेको छ । आज दिउँसो आयोजित एक विशेष कार्यक्रममा यो भेला सम्पन्न भएको हो । 

मोरङ संयोजक सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रदेश १ का इनचार्ज प्रभातविक्रम कटवाललगायतले आआफ्ना धारणा रखेका थिए ।

यो भेलाले ७५ सदस्यीय पदाधिकारी कमिटी पनि चयन गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले आफूहरुले यो संघलाई खेलकुदको क्षेत्रमा नमूना संघ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने यो संघले खेलकुदकै क्षेत्रमा विशेष काम गरे पनि आफूलाई पूर्ण रुपमा राजनीतिबाट अलग पनि नगराउने बताएका छन् ।

‘नेकपा एमालेको संगठन हो, खेलकुद महासंघ,’ उनले भने, ‘नेपाली खेलाडीका सबै समस्या समाधान गर्न यो संघ सधैं तत्पर हुनेछ, खेलेर नेपाललाई विश्व चिनाउने खेलाडीहरुलाई जीवन यापनका लागि सहज वातावरण बनाउन पर्छ भन्ने हाम्रो उद्देश्य हुनेछ ।’



उनले खेलकुद महासंघको गठन भएसँगै नै खेलाडीहरुलाई सहज बनाउन काम गर्न थालिसकेको पनि बताएका छन् ।

‘हामीले यसमा काम गर्न थालिसकेका छौँ,’ उनले कार्यक्रममा भने, ‘पार्टीले पनि यसमा सहयोग गरेको छ ।’



कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेलले आफूहरु खेलाडीको पक्षमा सधैं उभिने र खेलाडीको जीवनस्तर उकास्न प्रतिबद्ध हुने बताएका छन् । ‘हामी नेकपा एमाले जिन्दावाद पनि भन्छौँ,’ उनले कार्यक्रममा भने, ‘नेपाली खेलाडी जिन्दावाद पनि भन्छौँ ।’ 

उनले खेलकुद महासंघले देशभरका खेलाडीलाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउन आफूहरुले पहल गरिसकेको र यसमा सहजीकरण गरेर केही खेलाडीलाई भ्याक्सिन लगाएको पनि जानकारी दिएका छन् ।

यतिमात्र होइन, उनले ट्रमा सेन्टरमा पनि आफूहरुले निःशुल्क खेलाडीको उपचारको व्यवस्था मिलाएको जनाएका पनि छन् ।

‘जीवनभर देशका लागि खेलेका खेलाडीलाई गर्व गर्ने अवस्थामा हामी पुर्याउछौँ,’ उनले भने ।

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार २०:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया