हुम्लामा ५ किलो यार्सागुम्बासहित एक व्यक्ति पक्राउ परेका छन् । हुम्ला विमानस्थलबाट पाँच किलो ३०० ग्राम यार्सागुम्बासहित एक युवा पक्राउ परेका हुन् ।
क्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका-१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेका छन् । उनलाई विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको हो । सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीबिनाको पाँच किलो यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला वन कार्यालयमा पठाएको छ ।
पक्राउ परेका तामाङसँग डिभिजन वन कार्यालय बझाङले दिएको दुई किलो यार्सागुम्बाको छुट पुर्जी भए पनि उनीसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको यार्सा भेटिएपछि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।