अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको आगमनसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी) युरोपियन फुटबलको सबैभन्दा बलियो क्लब बनेको छ ।
क्लबका अध्यक्ष नासिर अल खालिफाले लियोनल मेस्सी, नेइमार र केलियन एमबाप्पेलाई अग्रपंक्तिमा खेलाउने ठूलो सपना देखेका छन् । तर, उनको यो सपना पूरा नहुने सम्भावना देखिएको छ ।
मेस्सीको आगमनसँगै युवा स्टार केलियन एमबाप्पे भने खुसी देखिएका छैनन् । क्लब र उनी बीचको सम्झौता अझै १ वर्ष बाँकी रहे पनि त्यो यही समर मै सकिने सम्भावना बढेको छ ।
एल इक्विपेका अनुसार एमबाप्पेले यही समरमा क्लब छाड्ने इच्छा देखाएका छन् । उनले क्लबसँग आफूले पाउनु पर्ने बोनसको माग गर्दै सम्झौता नवीकरण नगर्ने बताएका छन् ।
यदि, पिएसजीले एमबाप्पेलाई यही समरमा बेच्न चाहेको खण्डमा स्पेनिस क्लब रियल मड्रिडले उनीमाथि चासो देखाएको छ ।
अन्यथा उनी अर्को सिजन फ्री ट्रान्सफरमार्फत रियलको हिस्सा बन्नेछन् । एम्बाप्पेले क्लबसँग केही हप्ता अगाडी नै मेस्सीसँग खेल्ने आफ्नो इच्छा नरहेको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।