ला लिगामा अबको स्टार को ?

१७ वर्षपछि लियोनल मेस्सी बिना स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबारदेखि सुरु भएको छ । यी १७ वर्षमा उनले आफूलाई एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित गराउन सफल भए । 

मेस्सीको बहिर्गमनसँगै ला लिगाले यही सिजन दुई स्टार खेलाडी गुमायो । उनीसँगै रियल मड्रिडका कप्तान सर्जियो रामोसले पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को बाटो रोजेका छन् । 

दुई स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले ला लिगामार्फत आफूलाई विश्व फुटबलमा स्थापित गराए । यी रहँदासम्म ला लिगा विश्वकै उत्कृष्ट लिग थियो । मेस्सी र रोनाल्डोसँगै केही खेलाडीले आफूलाई ला लिगाको स्टार खेलाडीको रुपमा चिनाएका छन् । 

मेस्सी र रोनाल्डोले ला लिगा छाडेसँगै लिगसँग अब कुनै असाधारण खेलाडी रहने छैनन् । यी दुईको बहिर्गमनसँगै ला लिगामा अब को स्टार बन्नेछ भन्ने बहस सुरु भएको छ ।  
यहाँ यस्तै केही खेलाडीको चर्चा गरिएको छ, जसले आफूलाई ला लिगाको स्टारको रुपमा स्थापित गराउन सक्छन् ।

जान ओब्लाक 
लिग विजेता एट्लेटिको मड्रिडका ओब्लाक ला लिगाका उत्कृष्ट गोलरक्षक हुन् । उनले पाँचपटक उत्कृष्ट गोलरक्षक बन्दै जामेर ट्रफी हात पारेका छन् । 
स्लोभाकियाका गोलरक्षक ओब्लाकले एट्लेटिको मड्रिड र प्रशिक्षक डिएगो सिमोनको सफलतमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । 
 
करिम बेन्जिमा 
यी ३३ वर्षीय फ्रेन्च स्ट्राइकर अझै पनि ला लिगामा घातक बन्न सक्छन् । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि यसको बोझ बेन्जिमाको काँधमा आयो । तर, उनले त्यो अवसरमा आफूलाई प्रमाणित गरेका छन् । 
रोनाल्डोबिना रियलको आक्रमण सम्हालिरहेका बेन्जिमा ला लिगाको स्टार खेलाडीका रुपमा रहने छन् । उनी विश्व फुटबलमा जर्सी नम्बर ९ का सर्वोकृष्ट खेलाडी हुन् ।

एन्टोइन ग्रिजम्यान
बार्सिलोनामा अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकिरहेका फ्रेन्च फवार्ड ग्रिजम्यानका लागि मेस्सीको बहिर्गमनसँगै क्लबमा आफ्नो क्षमता अनुसारको जिम्मेवारी लिने बेला आएको छ । 
ग्रिजम्यानलाई मेस्सीको छायाँबाट बाहिर निस्कँदै आफूलाई स्टार खेलाडीको रुपमा स्थापित गराउने अवसर छ । 



लुइस सुआरेज
गत सिजन एट्लेटिको मड्रिडलाई लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उरुग्वेली स्ट्राइकर सुआरेज ला लिगाको स्टार खेलाडी हुन् । 
आफ्नो प्रदर्शनबाट आलोचकको मुख बन्द गर्न सफल सुआरेजले यो सिजन पनि गत वर्षको जस्तै प्रदर्शन गर्न सक्छन् । 

डेविड अलाबा
यही सिजन जर्मन क्लब वायर्न म्युनिखबाट स्पेनिस क्लब रियल मड्रिड आएका अस्ट्रिड डिफेन्डर अलाबाबाट क्लबले निकै आस गरेको छ । 
स्टार डिफेन्डर सर्जियो रामोसले क्लब छाडेसँगै रियलमा उनको उत्तराधिकारीका  रुपमा अलाबालाई हेरिएको छ । अलाबले यो अपेक्षलाई पूरा गर्दै आफूलाई स्टार खेलाडीको रुपमा स्थापित गर्न सक्छन् ।
 
पेड्री
स्पेनिस युवा सेन्ट्रल मिडफिल्डर पेड्रीबाट पनि बार्सिलोनाले ठूलो अपेक्षा राखेको छ । मात्र १८ वर्षको उमेरमा उनी देश र क्लबको मुख्य हिस्सा बनिसकेका छन् । 
आफ्नो खेल कौशलले सबैको मन जित्न सफल पेड्रीले आगामी दिनमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन सकेको खण्डमा उनी स्टार खेलाडीको रुपमा उदाउने सम्भावना छ ।



जेरार्ड मोरिनो
भिल्लारियलका स्पेनिस स्ट्राइकर मोरिनोले दुई सिजन यता उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यी दुई सिजनमा ला लिगामा स्पेनको तर्फबाट सर्वाधिक गोलकर्ता बन्दै जर्रा ट्रफी हात पारेका छन् । 
मेरिनोकै उच्च प्रदर्शनमा गत सिजन भिल्लारियल युरोपा लिग विजेता बन्दै  च्याम्पियन्स लिगमा छनोट भएको थियो । 

मार्कोस लोरेन्ट
स्पेनिस मिडफिल्डर लोरेन्टले गत सिजन एट्लेटिको मड्रिडलाई लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एट्लेटिकोका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका लेरेन्टले पूर्ण खेलाडीको छवि बनाएका छन् । उनले यस सिजन ठूलो छलाङ मार्न सक्छन् । 

इडेन हाजार्ड
रियल मड्रिडका बेल्जियन विंगर हाजार्ड ला लिगाको ठूलो नाम मध्ये एक हुन् । तर, उनको प्रदर्शन भने सोचे अनुरुपको हुन सकेको छैन । 
अधिकांश समय चोटका कारण मैदान बाहिर रहेका हजार्डका लागि आफू कस्तो खेलाडी हो भनेर प्रमाणित गर्ने बेला आएको छ । उनले आफ्नो क्षमता पहिचान गरेर त्यही अनुरुपको प्रदर्शन गर्न सक्छन् भने उनी पक्कै पनि ला लिगाको स्टार खेलाडी बन्ने छन् ।

मेम्फिस डिपाए
डच फरवार्ड यही सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका हुन् । मेस्सीले क्लब छाडेपछि क्लबले उनीबाट ठूलो अपेक्षा गरेको छ । विशेष गरी आक्रमणमा । 
बार्सिलोनामा मेस्सी युगको अन्त्य भएसँगै क्बल यिनै फरवार्डको सहायताले नयाँ ढङ्गबाट अघि बढ्ने योजनामा छ । 

लुका मोड्रिच
क्रोएसियन मिडफिल्डर मोड्रिचले रियल मड्रिडमा राम्रो छाप छाड्न सफल भएका छन् । उनी हाल ला लिगा खेल्ने एक मात्र त्यस्ता खेलाडी हुन् जसले बलुन डी’ ओर अवार्ड जितेका छन् । 

विश्व फुटबलका एक उत्कृष्ट मिडफिल्डर मोड्रिच ला लिगाका स्टार खेलाडीको रुपमा रहने छन् । उनीबाट रियलले सोही अपेक्षा गरेको छ ।  
-स्पेनिस खेल पत्रिका मार्काबाट साभार

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १५:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया