प्रिमियर लिगमा आज सात खेल

इङ्ग्लिस प्रिमियर लिगमा शनिबार (आज) सात खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको सामना गर्नेछ ।

खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजे युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

नेपाली समयअनुसार राति पौने आठ बजे एकै साथ पाँच खेल हुँदैछन् । जसमा बर्नेलीले घरेलु मैदानमा ब्राइटनको समाना गर्नेछ ।

युरोपेली च्याम्पियन चेल्सीले स्ट्यामफर्ड ब्रिजमा क्रिस्टल प्यालेसलाई आतिथ्य प्रदान गर्नेछ । इभर्टनले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । 

लेस्टर सिटीले घरेलु मैदानमा उल्भ्सको सामना गर्दा एस्टन भिल्ला वाटफोर्डको भ्रमणमा निस्किने छ । आज हुने अन्तिम खेलमा नर्विच सिटी र लिभरपुल आमनेसामने हुने छन् । खेल नर्विचको घरेलु मैदानमा हुनेछ । 





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया