प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गरे : शंकर पोखरेल
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले अझै जनयुद्धकालीन हर्कत नत्यागेको बताएका छन् । उनले ढाडमा टेकेर टाउकामा हान्ने पुरानो तरिका प्रचण्डले अहिले एमालेमा प्रयोग गरेको बताए । 

दाङको घोराहीमा शहीद नेत्रलाल अभागीको सालिक अनावरण गर्दै पोखरेलले प्रचण्डले आफ्नो पुरानो भनाइलाई चरितार्थ गर्दै माधव कुमार नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीमाथि प्रहार गरेको बताए । 

प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको भन्दै पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै गल्ती भएको पनि बताए । तत्कालीन समयमा प्रचण्डलाई आधार बनाएर पार्टी एकता गर्नु एमालेको सबैभन्दा ठूलो कमजोरी भएको उनले बताए ।

पोखरेलले एउटै घोषणापत्र लिएर चुनाव जितेपछि माओवादीका अध्यक्ष प्रचण्डले अर्कै कुरा गर्न थालेको बताए । प्रचण्डले जनतामाझ जाँदा एउटा र जितेपछि अर्कै कुरा गरेको भन्दै पोखरेलले प्रचण्डको कदम जनतामाथि गरिएको घात तथा जनताप्रति उत्तरदायी नहुनुको परिणाम भएको बताए । 

प्रचण्डकै कारण मुलुक मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको समेत पोखरेलले बताए । उनले अन्तिममा जनतामाझ जानुको विकल्प नभएको भन्दै केपीले पनि त्यही भनेका र अब शेरबहादुर देउवाले पनि त्यही गर्ने बताए ।





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १७:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया