अविरल वर्षाका कारण खाेलामा आएकाे बाढीका कारण जुम्लामा एक बालकसहित एकै घरका तीन जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेहरूमा ताताेपानी गाउँपालिका-७ ताम्तीकी ३५ वर्षीया जैसरा रावत, उनकाे १० वर्षीय छाेरा सन्देश रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
सोही वडाको पाटनबाट घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो ।
आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।