पाकिस्तानको कराची सहरमा ग्रेनेड हमला हुँदा ११ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
हमलामा परी मर्नेहरू सबै एकै परिवारका सदस्य रहेका छन् । जसमा ६ महिला र चार बच्चा रहेका विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
मिनी ट्रकमा सवार भएको परिवार विवाहमा सहभागी भएर फर्किँदै थियो ।
सुरुमा सिलिन्डर विष्फोट भएर दुर्घटना भएकाे भनिए पनि घटनास्थलमा ग्रेनेड नै विष्फाेट भएकाे प्रमाण पाइएकाे कराची प्रहरीले बताएकाे छ ।
सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहका सल्लाहकार मुर्तजा वहाब सिद्दीकीले ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
सिन्ध प्रान्तकै मुख्यमन्त्री शाहले घटनाको बारेमा राम्रोसँग अनुसन्धान गर्न र पीडित पक्षलाई सहयोग गर्नका लागि आदेश दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।