माओवादी केन्द्रीय कमिटी बैठक सुरु

शनिबारदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति दोस्रो दिनको बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड बैठक सुरु भएको हो ।  

शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गरेका छन् । आजको बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

केन्द्रीय समिति दोस्रो दिनको बैठक सुरु हुनुअघि आइतबार बिहानै माओवादीको स्थायी समिति बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे स्थायी समिति बैठक बसेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । साहका अनुसार करिब आधा घण्टा मात्रै बैठक बसेको थियो । 

शनिबारको केन्द्रीय समितिको बैठकको समीक्षा र आजको बैठकमा योजनाबारे स्थायी समिति बैठकमा छलफल भएको साहले बताए । ‘स्थायी समिति बैठक भन्दापनि स्थायी समितिका केही साथीहरु बसेर केही समय छलफल गर्यौँ’, साहले भने, ‘अन्य कुनै एजेन्डामा कुरा भएन ।’





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १२:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया