अफगानिस्तानकी महिला सांसद फरजाना कोचाइले राजधानी काबुल छाडेर अन्यत्र भाग्नका लागि ठाउँ नभएको बताएकी छिन् ।
बिबिसी मिडियाँसगकाे कुराकानीका क्रममा उनले उक्त कुरा बताएकी हुन् ।
भाग्ने कतै ठाउँ नभएकाे औँल्याउँदै उनले भनिन्,‘ मानिसहरू कतै पनि जान सक्दैनन् । कुनै ठाउँ पनि बचेको छैन । काबुलबाट उड्ने विमान सबै विमान भरिएका छन् । मानिसहरू काबुलबाट भागेर भारत अथवा अन्य छिमेकी देश जान चाहन्छन्, त्यहाँ पनि ठाउँ छैन।’
उनका अनुसार तालिबानले नियन्त्रण गरेको स्थानमा महिला काममा जान बन्द गरेका छन् । उनीहरू स्कुल अथवा अफिस पनि जान पाएका छैनन् । उनी भन्छिन्,‘जस्तो आशंका गरिएको छ, सोहीअनुसार नै महिलाको अवस्था खराब छ । महिलाहरूलाई घरमै बन्द गरिनेछ । अहिले त त्यस्तै नै लागिरहेको छ । अगाडि हेरौँ, केके परिवर्तन हुन्छ ।’
२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । तालिबानले देशका मुख्य सहरमा कब्जा जमाइ काबुलसम्म आइपुगेकाे छ ।
अहिले तालिबान र काबुल सरकारबीच वार्ता भइरहेकाे छ । काबुल आसपास आएपनि शक्तिकाे प्रयाेग गरेर काबुल कब्जा गर्न नचाहेकाे तालिबानले बताएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।