१७ बुँदामा हेर्नुहोस् प्रचण्डको प्रस्तावमा आठ समूहले निकालेको निष्कर्ष

प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ । काठमाडौंको बत्तीसपुतलीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि छलफल भएको छ । 

उक्त प्रस्तावमाथि बैठकमा सहभागी सदस्यहरुलाई आठ समूहमा विभाजन गरेर समूहगत छलफल गराइएको छ । उक्त समूहहरुबाट प्रस्तावमाथि छलफल गरेर विभिन्न विषयमा टिप्पणीहरु आएका छन् । 

समूहगत छलफलमा आएका निष्कर्षहरु समूहका नेताले बैठकमा पेस गरेका छन् । आठवटै समूहले विभिन्न निष्कर्ष निकालेका छन् । केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’का अनुसार ती निम्नानुसार रहेका छन् :-

१. अध्यक्ष प्रचण्डको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमा सबै समूहको दृढ समर्थन रहेको, त्यसलाई थप व्याख्या गरी विस्तृत प्रतिवेदन सम्मेलनमा ल्याउनुपर्ने ।
२. राष्ट्रिय सम्मेलनमा पार्टीको विचार संश्लेषण गर्नुपर्ने ।
३. एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद निर्माणका लागि एक्काइसौं शताब्दीको क्रान्तिकारी विचार र एक्काइसौं शताब्दीको क्रान्तिकारी पार्टी निर्माण गर्ने ध्येय बनाई अघि बढ्नु पर्ने ।
४. पार्टी सुदृढीकरणमा जोड दिई पार्टीको आफ्नो शक्ति सुदृढ गर्नुपर्ने ।
५. कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पार्टी नीतिलाई अघि बढाउनु पर्ने ।
६. सङ्गठनात्मक नियमितता हुने गरी विधिगत संगठन निर्माण गर्नुपर्ने ।
७. जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदको रुपमा नेपाल सरकारले गरेको निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल लिनुपर्ने ।
८. सहिद एवं बेपत्ता परिवार र घाइते, अपाङ्ग योद्धालाई पार्टीका विभिन्न संगठनमा संगठित गरी उनीहरुको शिक्षा, स्वास्थ्य रोजगार लगायतका विषयमा पार्टीले व्यवस्थापन गर्नुपर्ने ।
९. भारतसँग भएका असमान सन्धी सम्झौताको खारेजी र कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा पार्टीले पहल लिनुपर्ने ।
१०. एमसिसीको बारेमा पार्टीको असहमति जनताले बुझ्ने भाषामा आउनुपर्ने ।
११. सरकार सञ्चालनमा संयन्त्र बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने । 
१२. भ्रष्टाचारीलाई कारबाही र सुशासनका सवालमा पार्टीले स्पष्ट नीति अवलम्वन गर्नुपर्ने ।
१३. पार्टी नेता कार्यकर्ताकै योगदानमा पार्टी कार्यकर्ता संरक्षण कोष बनाउनु पर्ने ।
१४. कम्युनिस्ट पार्टी संस्कृति, आचरण र व्यवहारबारे स्पष्ट भएर पार्टी नेता कार्यकर्ताको व्यवहार हुनुपर्ने ।
१५. शान्ति प्रक्रियाका बाँकी कामलाई यही सरकारको कार्यकालमा टुङ्ग्याउनु पर्ने । 
१६. कोभिड १९ तथा प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न र पीडितलाई क्षतिपूर्ति, राहत÷उद्धार र पुनर्निर्माणमा पार्टीको सधैँ नेतृत्वदायी पहलकदमी हुनुपर्ने । 
१७. महाकाली तुइन प्रकरण (जयसिंह धामीको मृत्यु)बारे समसामयिक प्रस्तावमा पार्टी धारणा सार्वजनिक गर्ने ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १५:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया