यार्सागुम्बा लुटपाट गरेको अभियोगमा सातजना पक्राउ

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा सातजनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ घर भएका ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका २७ वर्षीय दीपक थापामगर, काभ्रे पाँचखाल नगरपालिका–१२ घर भएका २७ वर्षीय विशाल लामासहति सातजना छन् । 

पक्राउ परेका अन्यमा काभ्रे तिमाल गाउँपालिका–४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ घर भएका २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद इसाक रहेका छन् । 

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका दीपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका–६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सागुम्बा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटेर फरार भएका थिए ।
 
उक्त घटनाको थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार २१:११:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया