आगामी तीन दिनकाे माैसम पूर्वानुमान
फरकधार / ३२ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।



हाल  देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



आगामी तीन दिनको मौसम पूर्वानुमान



आज (सोमबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। 



राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भाेलि(मंगलबार) दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।



राति देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि(बुधबार) दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।



राति देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ६:३९:३४,   अन्तिम अपडेट : साउन ३२, २०७८ साेमबार ६:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया