तालिबानले अब के राख्दैछ अफगानिस्तानको नाम ?

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवनमा अहिले तालिबानले आफ्नो कब्जा जमाइसकेको छ । टिभी च्यानल अल जजिराले यसका विभिन्न फुटेजहरु प्रसारण गरिसकेको छ । 

यहीबीच अफगानी राष्ट्रपति असरफ गनी अफगानिस्तान छाडेर विदेश उडिसेकका छन् । 

योसँगै त्यहाँ तालीबानले अब देश आफ्नो कब्जामा आएको पनि घोषणा गरिसकेको छ ।

आफ्नो कब्जामा अफगानिस्तान आएको बताउँदै तालिबानले अफगानिस्तानमा शरिया कानुन लागू हुने पनि बताएको छ । तर, यसका एक प्रवक्ताले टिभीमा दिएको अन्तर्वार्तामा आफूहरु अहिले तत्काल महिलाको पक्षमा अलिक स्वतन्त्र हुने बताएका छन् । उनले अफगानिस्तानमा अब कस्तो शासन प्रणाली हुने भन्नेबारे पनि केही निक्र्योल नभइसकेको बताएका छन् ।

अर्कोतिर तालिबानले अब अफगानिस्तानको नाम पनि फेरेको बताएको छ । तालिबानका अनुसार अब अफगानिस्तानको नाम ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ हुनेछ ।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिएपछि अमेरिकालगायतका देशले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता बोलाएका छन् ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ७:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया