माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तान रहेको नेपालीको सुरक्षा र उद्धारका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
सत्ता साझेदार दलका नेतासमेत रहेका प्रचण्डले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
अहिलेको नेपालको मुख्य प्राथमिकता त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार भएको उनको भनाइ छ । ‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो’ प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकारले अबिलम्ब प्रभावकारी कदम चालोस्।’
यसका लागि व्यक्तिगत र पार्टीका तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने उनले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।