काबुल एयरपोर्टमा अमेरिकी सैनिकको कब्जा, गाेली चल्दा तीन जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल एयरपाेर्टमा भीडलाई नियन्त्रण लिने क्रममा गाेली चल्दा तीन जनाकाे मृत्यु भएकाे छ । विदेशी सञ्चारमाध्यमले अमेरिकी सैनिकले चलाएकाे गाेलीबाट मृत्यु भएकाे बताएका छन् ।

तालिबानले कब्जा गरेको भोलिपल्ट नै अमेरिकी सेनाले काबुलको एयरपोर्टमा कब्जा जमाएको छ । अमेरिकी सेनाले आफ्ना र आफ्ना सहयोगी देशका कर्मचारीहरूलाई सुरक्षित निकाल्नका लागि एयरपोर्ट र एयर ट्राफिक नियन्त्रण आफ्नो हातमा लिएको हो ।

हामिद करजाई इन्टरनेसनल एयरपोर्टमा सबै व्यावसायिक उडान स्थगित गरिएको छ ।  जसले गर्दा त्यहाँ सयौँ अफगान र अरू देशका नागरिक फसेका छन् ।

अमेरिकाले आफ्ना दूतावासका कर्मचारीलाई एयरपोर्टमा बोलाएको बताएको छ । अमेरिकाले आफ्ना मानिस ल्याउनका लागि ६ हजार सैनिक अफगानिस्तान पठाएको छ ।

हिजाे तालिवान काबुलमा प्रवेश गरेसँगै अफगानिस्तानका राष्ट्रपति असरफ गनीले देश छाडेका छन् । गनीले देश छाडेसँगै तालिबानले सत्ता हातमा लिएकाे छ ।
 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १३:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया