विद्युत् प्राधिकरणमा पुनर्बहालीको माग गर्दै हितेन्द्रमान शाक्यले हाले सर्वोच्चमा रिट

विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले प्राधिकरणमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन्।

सरकारले शाक्यलाई ऊर्जा आयोगमा पठाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय गरेको थियो । सो निर्णय खारेज गर्न माग गर्दै शाक्यले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो। शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्।

उनले रिटमा भनेका छन्, ‘मेरो पूर्वसहमतिबेगर मलाई जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा सरुवा र नियुक्त गर्ने मिति २०७८–४–२५ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, मेरो पदस्थापना कायम नै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई दोहोरो नियुक्ति दिने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र निजलाई नियुक्ति दिनेलगायत विपक्षीहरुबाट भए गरेको सबै काम कारबाही तथा पत्राचार समेत नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउँ र मलाई साविक बमोजिमको पदमा यथावत् रुपमा काममा लगाउनु सो काममा पूर्ण सहयोग गर्नु भनी विपक्षीहरुको नाममा परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाऊँ।’

प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउनुअघि शाक्यले आफूलाई सम्मानजनक स्थान दिए प्राधिकरण छाड्ने अन्यथा अदालत जाने बताएका थिए । 





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १६:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया