ताम्राकार कम्प्लेक्समा दसैँ मेला

मोबाइल व्यवसायीहरूको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सले नेपालीहरूको महान चाड वडादसैँको अवसरमा दसैँ मोबाइल मेला आयोजना गर्दै छ । 

काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्युरोडमा अवस्थित ताम्राकार कम्प्लेक्समा २३ देखि ३१ असोजसम्म चल्ने मेलाबारे आइतबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

संघका अनुसार मेलामा ग्राहकहरूले मोबाइल खरिद गर्दा ४ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यस्तै, मोबाइल खरिद गर्नेले स्मार्ट टेलिकमको सिम कार्ड तथा एउटा इनर्जी ड्रिंक उपहारस्वरूप प्राप्त गर्नेछन् ।  

सम्मेलनमा संघका अध्यक्ष जगत साउदले दसैँ मोबाइल मेलामा ग्राहकहरूले फरक अनुभवका साथ आफूले रोजेको मोबाइल सुपथ मूल्यमा किन्ने अवसर पाउने बताए । 

साथै, कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा गर्नेसमेत घोषणा गरेको छ ।

मेला अवधिभर कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरी मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भइरहेको कालिकोटको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने संघले जनाएको छ । 
 





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १६:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया