७५० अफगान सैनिक भागेर आए : उज्बेकिस्तान

उज्बेकिस्तानले बितेको ४८ घन्टामा उज्बेकिस्तानमा ७५० अफगान सैनिक भागेर आएको बताएको छ ।

६०० जवान अफगान सैन्य विमानमार्फत् आएका र १५० जवान सीमा पार गरेर आएका उज्बेकिस्तानले जनाएको छ । 

उज्बेकिस्तानको प्रशासन अनुसार दक्षिण सहर तेरमेन्जमा ४६ सैन्य विमान ल्यान्ड भएका थिए ।

अफगान सैनिकले आफ्नो ज्यान जोगाउनका लागि उज्बेकिस्तान प्रवेश गरेका हुन् । यसभन्दा पहिला पनि तालिबानको ज्यादती बढेसँगै अफगान सैनिक भागेर छिमेकी देशमा गएका थिए ।

आइतबार तालिबान काबुलमा प्रवेश गरेसँगै अफगानी राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेका थिए । उनी भागेसँगै सत्ता तालिबानको हातमा परेको छ । गनीले आफूले देशमा रक्तपात नचाहेको कारण देश छाडेर भागेको बताएका थिए । 
 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार ७:५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया