डाेटीमा थप एक महिना निषेधाज्ञा

डाेटीमा थप एक महिना निषेधाज्ञा गरिएकाे छ । 

साेमबार बसेकाे जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप एक महिना निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे । निर्णयअनुसार भाद्र ३१ गतेसम्म निषेधाज्ञा लागू हुनेछ ।

जिल्लामा संक्रमण बढिरहेकाले निषेधाज्ञा गर्नु परेकाे निमित्त प्रमुख जिल्ला अधिकारी किरण जाेशीले बताइन् ।

निषेधाज्ञामा भेला, सम्मेलन, गाेष्ठी, सेमिनार, र्‍याली गर्न पाइनेछैन । सबै किसिमका पसल बिहान छ बजेदेखि बेलुका ७ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गरी खुल्न पाउनेछन् ।

पार्टी प्यालेस, जिमखाना र स्विमिङ, शैक्षिक संस्था पूर्ण रूपमा बन्द हुनेछन् । जनस्वास्थ्य मापदण्ड पालना गरी जिल्लाभित्र सवारी साधन चल्न दिइनेछ ।

औषधि तथा स्वास्थ्य सामग्री भने चाैबीसै घन्टा उपलब्ध हुनेछ । 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार ९:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया