जसपाको केन्द्रीय समितिको बैठक सुरु

जनता समाजवादी पार्टी(जसपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । काठमाडौंको कालिकास्थानमा जारी केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ ।

केन्द्रीय समितिको बैठकबाट राजनीतिक संगठनात्मक कार्यबारे निर्णय लिने तयारी रहेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । यसको साथै अब जसपालाई कसरी अगाडि बढाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने अध्यक्ष यादवले फरकधारसँगको कुराकानीमा बताएका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिए पछिको यो पहिलो बैठक हो । ११ साउनमा निर्वाचन आयोगले उपेन्द्र समूहलाई जसपा आधिकारिकताको प्रमाण पत्र दिएको थियो ।

स्रोतका अनुसार सम्भवत यही बैठकबाट अध्यक्ष यादवले पार्टी कतिवटा अध्यक्ष प्रणालीमा चलाउने भन्ने विषयमा निर्क्यौल निकाल्ने छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १५:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया