देउवाले ल्याएको अध्यादेशविरुद्ध शेखर कोइरालाले भने– यो कांग्रेसको संस्कार होइन

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सहज हुने गरि कुनै पनि दलका केन्द्रीय कमिटीका वा संसदीय दलका २० प्रतिशत सदस्यले चाहेमा राजनीतिक दल विभाजन हुन सक्ने प्रावधानसहित अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि सिफारिस गरेको छ ।

सरकार सन्चालनका लागि ल्याइएको भए पनि यसरी राजकाज चलाउने सोचको आफूले समर्थन गर्न नसक्ने कोइरालाले बताएका छन् ।

‘सरकार सन्चालनको सुविधाको लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ,’ कोइरालाले ट्विट गरेका छन्, ‘तर, अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न ।’

उनले सरकारले संसदबाट परिमार्जन र सुधारसिहत बजेट पास गर्ने तर्फ सक्रिया देखाउनु पर्नेमा यो कदम लिएको पनि बताएका छन् ।

‘यो चुक प्रधानमन्त्रीबाट भयो,’ उनले लेखेका छन्, ‘यो कांग्रेसको सँस्कार होइन ।’






  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १६:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया