नयाँ मुख्यमन्त्री आएपछि मंगलबारबाट सुरु भएको लुम्बिनी प्रदेशसभाको बैठक ६ मिनेट मात्रै चलेको छ ।
प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । एमालेको अवरोधका बाबजुद पनि २ वटा कार्यसूचीमाथि कारबाही गर्दै बैठक स्थगित भएको हो ।
एमालेले तत्कालीन नेकपाबाट निर्वाचित भएका प्रदेश सांसदहरु अजय शाही र विमला खत्री ओलीलाई पदमुक्त गर्न मंगलबार नै प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो ।
सभामुखले उक्त पत्रमाथि कारबाही अगाडि नबढाएको भन्दै बैठकमा विरोध जनाएको थियो । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले २ सांसदलाई कारबाहीका लागि पठाएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म बैठक चल्न दिने बताएका थिए ।
विपक्षी दलले विरोधस्वरुप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए पनि सभामुखले प्रदेश प्रमुखले नवौँ अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए।
साथै सभामुखले प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरूको नाम पढेर सुनाएका थिए । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।