सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायिक संग्रहालयको उद्घाटन गरेका हुन् ।
नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीको संरक्षण गर्नका लागि संग्रहालय स्थापना गरिएको हो ।
न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जीवन्त राख्ने सामग्री, तत्कालीन फैसला, आदेश, तत्कालीन न्यायाधीशले प्रयोग गरेका पोसाकलगायत सामग्रीलगायत विभिन्न १५ प्रकृतिका ३५० सामग्री संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको छ ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहालका अनुसार संग्रहालयले न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीका लागि अध्ययनको केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे ।
यस संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।