नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै पनि हालतमा पार्टी विभाजन रोक्न आग्रह गरेका छन् ।
नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरूको बैठकमा बोल्दै गैरेले विष पिएर भए पनि पार्टी एकता बचाउन नेपालसँग आग्रह गरेका हुन् ।
‘विष पिएर भए पनि कम्युनिस्ट आन्दोलन बचाउनुहोस्,’ गैरेले बैठकमा भने, ‘विभाजनलाई रोक्नुहोस् । त्यो तपाईंले मात्रै गर्न सक्नुहुन्छ ।’
एमालेभित्रका विसंगतिविरुद्धको लडाइँमा आफ्नो साथ रहेको तर नेपालको कम्युनिष्ट आन्दोलन बचाउने दायित्व नेपालको काँधमा आएको उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।