अध्यादेशविरुद्ध युवा संघ नेपालको विरोध प्रदर्शन

ओली पक्षीय युवा संघले सरकारले ल्याएको दल विभाजनसम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको हो । 

युवा संघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल मुर्दावादजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् । 

युवा संघले प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढासमेत गरेको थियो । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याएको थियो । 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार २१:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया