नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले ल्याएको राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेशको विरोध पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले पनि गरेका छन् ।
डा. भट्टराईले सामाजिक सन्जाल ट्विटरमा लेख्दै यसको विरोध गरेका हुन् ।
सत्ता साझेदार दल जसपाका नेता डा. भट्टराईले अध्यादेशको विरोध गर्दा आफूले गठबन्धनको विरोध गरेको सोच्न नहुने पनि बताएका छन् ।
उनले यसरी अध्यादेश ल्याउनुलाई लोकतन्त्रकै हत्या भएको पनि बताएका छन् ।
अनि लेखेका छन्– गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस् !
यसअघि देउवा नेतृत्व सरकारले ल्याएको अध्यादेशको विरोध नेपाली कांग्रेसकै केही नेताहरुले गरिसकेका छन् । कांग्रेस नेता प्रदीप पौडेल, शेखर कोइरालालगायतले पनि देउवाको यो कदमको विरोध गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।