समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी राष्ट्रपति कार्यालयले तालिबानले काबुल विमानस्थल जाने नागरिकलाई आफूहरुले केही पनि नगर्ने वाचा गरेको जनाएको छ ।
अमेरिकी सरकारका अनुसार अफगानिस्तानमा अहिले पनि ११ हजार अमेरिकी नागरिक छन् । यीमध्ये केही कुटनीतिज्ञ भएको पनि अमेरिकी सरकारले जनाएको छ ।
उनीहरु सबैलाई काबुल विमानस्थलसम्म जान आफूहरुले कुनै अवरोध खडा नगर्ने तालिबानले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।