राष्ट्रिय टोलीको खेलले गर्दा सन्दीपले सिपिएल गुमाउने पक्का

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल)गुमाउने पक्का भएको छ ।

अगस्ट अन्तिममा ओमानमा हुने त्रिकाेणात्मक एक दिवसीय सिरिजका कारण सन्दीपले सिपिएल गुमाउने भएका हुन् ।

भिसाका कारण टी-२०  भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएपछि उनले यो प्रतियाेगिता पनि गुमाएका छन् ।

सन्दीप सिपिएलको ट्रिनबागो नाइट राइडर्स क्लबमा अनुबन्ध भएका थिए । सिपिएल यही अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म आयोजना हुने तालिका छ।

सिपिएलले मंगलबार नाम सार्वजनिक गर्दा सन्दीपको नाम सूचीमा राखेको थिएन । सन्दीप सिपिएलमा सामेल हुन नपाएपछि उनको ठाउँमा ट्रिनबागो नाइट राइडर्सले पाकिस्तानी बलर यासिर शाहलाई अनुबन्ध गरेको छ ।

सन्दीपले यसभन्दा अगाडि तीन सिजन सिपिएल खेलिसकेका छन् । 



त्रिकाेणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ।

सन्दीपले ओमानको लिग पश्चात चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिगमा सहभागी हुनेछन् । त्यसमा उनले यस पटक काठमाडौं किङ्सको कप्तानी सम्हाल्ने छन् । 



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १२:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया