यस्तो छ जसपा (लोकतान्त्रिक)को २४ सदस्यीय कार्यकारिणी समिति

जनता समाजवादी पार्टीबाट अलग्गिएर जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)ले २४ सदस्यीय कार्यकारिणी समिति बनाएको छ । 

केन्द्रीय कार्यालय, बबरमहलमा बसेको सो पार्टीको बैठकले महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समिति गठन गरेको हो । 

पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोलाई राखिएको छ । ठाकुर र महतोसहित २४ सदस्यीय कार्यकारिणी समिति गठन भएको हो ।  

जसअनुसार कार्यकारिणी समितिमा शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण र राजकुमार लेखी समावेश भएका छन् ।  

त्यसैगरी अन्य कार्यकारिणी सदस्यमा केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनीलकुमार झा (रोहित), दानबहादुर विश्वकर्मा, शेखरकुमार सिंह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग खत्वे, कलदेवी विश्वकर्मा र रेशमलाल चौधरीलाई समावेश गरिएको छ । 

सो समूहले बुधबारै चुनाव चिह्न साइकल प्रस्ताव गर्दै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २०:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया