राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध खेलकुद महासंघले देशभर आन्दोलन गर्ने

नेपाल खेलकुद महासंघले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । सोही क्रममा बुधबार खेलकुद महासंघले राजधानीमा विरोधसभाको आयोजना गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटअगाडि भेला भएका खेलाडी तथा नेकोसका नेताकार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको बताए । 

तत्कालका लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि काङ्ग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न उनले सुझाब दिएका छन् । 

महासंघले देशैभरि आन्दोलन तथा विरोधका कार्यक्रम सुरु गरेको महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले फरकधारलाई जानकारी दिए । सशक्त्त आन्दोलनको तयारी भइरहेको र अध्यादेश फिर्ता गराएरै छाड्ने उनले बताए । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २०:३२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया