अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, केहीबेरमा सपथ

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गर्दै शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि शाक्यलाई एमाले संसदीय दलको बैठकले आजै मात्र दलको नेता नियुक्त गरेको थियो । 

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलका अनुसार शाक्यलाई नियुक्तिका लागि तयारी भइरहेको छ । अहिले केहीबेरमै शाक्यको सपथ ग्रहण कार्यक्रम राखिएको उनले जानकारी दिए । 

अहिले डोरमणि पौडेलसहितको टोली प्रदेश प्रमुखको कार्यालयतर्फ गएको छ । मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाटसमेत राजीनामा घोषणा गरेका थिए ।






  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २०:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया