अफगानिस्तानबाट भागेका राष्ट्रपति गनी युएईमा

काबुलमा तालिबानको कब्जा भएसँगै भागेका अफगानी राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (युएई)पुगेका छन् । 

युएईको विदेश मन्त्रालयले एक बयान जारी गरी गनीलाई मानवीय आधारमा आफ्नो देशमा स्वागत गरेको जानकारी दिएको हो । 

युएईले सूचना दिनुभन्दा पहिला गनी ताजिकिस्तान  अथवा उज्बेकिस्तान  भागेकाे चर्चा थियाे ।

देशबाट भागिसकेपछि गनीले फेसबुक पोस्टमा आफ्नो बाध्यता भएको बताएका थिए । 

उनले लेखेका थिए, ‘आज मैले एक कठिन फैसला गर्नुपरेको थियो । किनकि म सशस्त्र तालिबानलाई राष्ट्रपति भवनमा आउनबाट रोक्नतिर लागूँ कि, मेरो प्यारो देश जसलाई मैले २० वर्षसम्म सुरक्षा दिएँ, उसलाई छाडिदिऔँ ।’

काबुल सहर ध्वस्त भएको हेर्न नचाहने स्पष्ट पार्दै आफूले देश छाड्दा नै राम्रो हुने उनले उल्लेख गरेका थिए । 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ७:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया