माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्री टुंगो लगाउने
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतका अनुसार आज बस्ने स्थायी कमिटी बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ ।

आज बस्ने स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुँदा को-को मन्त्रीहरू सहभागी हुने भन्नेबारे निर्णय लिने बताइएको छ । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा रहेर २० प्रतिशतभन्दा धेरै केन्द्रीय कमिटी सदस्य लिएर नयाँ दल गठन गरेका माधव नेपाल समूह पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्ड पनि आज बिहानै बालुवाटार पुगेका थिए । प्रचण्ड-नेपाल र देउवाबीचको भेटमा सरकार विस्तारबारे छलफल भएको बुझिएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १०:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया