नेपाल पक्षमा खुले वामदेव, एकताको प्रस्ताव चाहिँ नछोड्ने

नेकपा एमाले नेता वामदेव गौतम अन्ततः नेकपा एमाले समाजवादीमा लाग्ने भएका छन् । उनले माधवकुमार नेपालले एमालेबाट छुट्टिएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको दल एमाले समाजवादी रोजेका हुन् ।

यसअघि नेकपामा विवाद देखिएपछि एकता अभियानलाई आफूले जोड दिने भन्दै आवाज उठाउँदै आएका वामदेवले आज आफूनिकट नेताहरुसँगको परामर्शमा यस्तो निर्णय लिएको बताएका हुन् ।

‘उहाँ एमाले समाजवादीमा जाने निश्चित भइसकेको छ,’ उनीनिकट एक नेताले भने, ‘तर, त्यहाँ गएर पनि एकताको विषयमा छलफल गर्छु र केही समयमा नै पार्टीलाई एक बनाउँछु भन्ने उहाँको दृढता छ ।’

यसअघि मंगलबार बानेश्वरमा भएको नेपाल पक्षधर सांसदको बैठकमा गौतमपत्नी तुलसा थापा पुगेकी थिइन् । थापा पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पनि पुगेकी थिइन् ।

गौतमले पत्नीलाई नेपालको बैठकमा बोलाएपछि उनी नेपाल पक्षमा जाने तय भएको बाहिर चर्चा गरिएको थियो ।

आज आफूनिकट नेताहरुसँको छलफलमा चाहिँ गौतमले खुलेरै आफू नेपालको समाजवादी पार्टीमा जाने बताएका हुन् ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २०:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया