सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठनाथ न्यौपानेलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
नेपाली कांग्रेसको महाधिवेशन गर्नैपर्ने बाध्यतामा छौँ । जिल्लाबाट हामीले सुझाब दिने कुरा कांग्रेसमा सुधार आवश्यक छ भन्ने हो । यो अधिवेशन पुराना, परिपक्व र युवाहरुलाई प्रोत्साहित गर्नेभन्दा पनि सत्तामुखी हुँदै गएको स्थिति हामी देख्छौँ । अहिले नेतृत्वले यसलाई चिरेर अघि जानसक्ने भएन । समग्र तनहुँले अहिले त्यसलाई चिरेर नयाँ नेतृत्वको खोजी गरिरहेको छ ।
युवा नेतृत्वको बहस
पुरानो खट्टे खाएका र अनुभवी नेतालाई अन्डरमाइन्ड गरेर युवा मात्र भन्न हुँदैन । युवाहरुको पनि परीक्षण हुँदै छ । अब पाका पुराना मान्छे र युवाको पनि सम्मिश्रणबाट नेतृत्व चयन हुनुपर्छ । कांग्रेसभित्रको राजनीतिक चरित्र पहिल्यैदेखि नै यही ढंगको हुँदै आएको छ ।
पुराना मान्छेको पनि सम्मान गर्नुपर्यो, बीचमा एउटा लेयर हुनुहुन्छ । एक किसिमले भन्दा ७५ काटेका नेता हुनुहुन्छ । ६५ एभरेजका पनि हुनुहुन्छ । उहाँहरुको उमेरभन्दा पनि स्पिरिटलाई ध्यान दिनुपर्छ ।
परिवारवादको समस्या
पार्टीमा परिवारवादको प्रयास रहेको देखिन्छ । गिरिजाबाबुहरु हुँदा हाइटको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँलाई स्वीकार गरिएको हो । अहिले शेरबहादुरजी उहाँको त्याग र तपस्याको सहभागिताले हुनुभएको हो । अहिले रामचन्द्र दाइ प्रतिस्पर्धामा हुनुहुन्छ ।
हिजो संस्थापक नेतृत्वमा हुनुभएका नेताहरुका छोराछोरीको केही सहभागिता देखिएको छ । उहाँहरु पनि राजनीतिमा बलियो हुनुहुन्छ । उहाँहरुले पनि पार्टीमा लगानी गर्नुभएको नै छ । यसलाई परिवारवादसँगै नजोडौँ ।
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । यो पार्टीको इतिहासलाई हेर्दै गर्दा यसका पक्ष र विपक्षमा कुरा हुन्छन् । हिजोका दिन कठोर थिए, कानुनको व्यवस्था थिएन, अदालतले भनेको काम गर्न नपाउने अवस्था थियो त्यतिबेला कांग्रेसलाई यो स्थितिमा ल्याउन उहाँहरुको ठूलो योगदान छ । अहिले प्रतिस्पर्धामा अरु पार्टी पनि छन् ।
अरुले पनि लोकतन्त्र मानेका छन् । लोकतन्त्र मानेको भनिरहेका छन् । यद्यपि, नियतमा लोकतन्त्रमाथिको विश्वास र मूल्यमान्यता रहेनछ भन्ने उहाँहरुको पछिल्लो व्यवहारबाट देखियो । दुईतिहाइ झण्डै भएको सरकारमा अधिनायकवादी चिन्तन देखियो । अरु पार्टीमा पनि त्यस्तो देखियो ।
कांग्रेसलाई कमजोर बनाउने प्रयत्नमा परिवारवाद हावी भयो वा युवाहरुले स्थान पाएनन् भन्ने खालका विषय आइरहेका छन् । लोकतन्त्रलाई कमजोर गर्ने प्रवृत्ति यहाँ देखिन्छ । त्यसबाट जोगिँदै पार्टीको मुख्य लक्ष्य संविधानवादका आधारभूत मूल्य, चिन्तनमा अगाडि बढेको हिजोको इतिहास जुन छ, ती सबै आधारलाई हेर्दा कांग्रेसलाई दोष दिनुपर्ने अवस्था छैन । तर, यसमा सुधार गर्नुपर्छ ।
अहिले धेरै भातृसंस्थाको निर्वाचन हुन सकेको छैन । अहिलेको नेतृत्वले विभाग तोके पनि भ्रातृसंस्थाहरु निष्क्रिय भए । कार्यशैलीमा सुधार भने जरुरी छ । पार्टीको मूल्य मान्यता जुन ढंगले स्थापित भएको हो, त्यो भने भएन । कांग्रेसको मूल्य मान्यता र सिद्धान्त ठिक ठाउँमा छ, यसलाई केही करेक्सन गर्न जरुरी छ । जसका लागि परिवर्तित नेतृत्व होस् । जहाँ युवाहरु पनि होऊन् र पाका नेतृत्वलाई पनि सम्मानपूर्वक लिएर जान सकियोस् ।
कसरी गर्ने महाधिवेशन ?
विधानले प्रस्ट लेखेको छ, वडाको सिफारिस र क्षेत्रको सिफारिस जिल्लाले गर्ने भनेर । त्यो आधारलाई छाडेर आफूखुसी हुन हुँदैन् । यो अनलाइन व्यवस्था केही व्यवस्थित होला भनेको झनै भद्रगोल बनिरहेको छ । यो अव्यवस्थित र बर्बाद भएर अराजकताको अर्को जड बनेको छ ।
महाधिवेशन प्रतिनिधि भइसकेका मान्छे पनि कसैले बीचमै नाम काटिदिएर क्रियाशीलताबाट वञ्चित भएको अवस्था छ । अहिलेसम्म सदस्यताको नामावली प्रकाशन भएको छैन । अहिलेको नेतृत्व तहले विश्वसनीयता बढाउँदै अघि बढ्नुपर्छ । पार्टीको मूल्य मान्यताका आधारमा कार्यशैलीमा विश्वसनीयता भएन ।
जहाँ पनि अवसर, धाँधली र तलमाथि गरिदिने भइदियो । त्यो राम्रो होइन । विचार भिन्न–भिन्न हुन सक्छन्, लोकतान्त्रिक पार्टीभित्र विचार फरक आउनु स्वाभाविक हो । तर, अहिले क्रियाशील सदस्यतामा पक्ष–विपक्षमा धाँधली हुँदा गाउँका नेता कार्यकर्ता निरास बन्दै गइरहेका छन् । यतिबेला नेतृत्व गम्भीर बन्नुपर्ने बेला छ ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।