काठमाडौं महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई शुक्रबारबाट कोरोनाविरुद्धको भेरोसेल खोप वितरण गर्ने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै महानगरले शुक्रबारदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पहिलो डोज खोप दिइने जनाएको छ ।
शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ ।
महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।