माधव नेपाल ‘छाडेका’ १० जना एक्ला एक्लै कतै नलाग्ने

माधवकुमार नेपाल समूहमा रहे पनि नेकपा एमाले समाजवादीको दर्ताका लागि निवेदन दिँदा आफ्नो उपस्थिति नजनाएका १० एमाले नेताले एक्लाएक्लै कतै पनि नलाग्ने सहमति गरेका छन् । 

उनीहरुले एमाले एकता हुनु पर्ने माग राख्दै आएका छन् ।

माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुले त आफूहरुले एकता चाहेको भन्दै बिहीबार राति एक विज्ञप्ति पनि सार्वजनिक गरेका छन् । विज्ञप्तिमा

उनीहरुले यसअघिको कार्यदलले बनाएका १० बुँदे पूर्णरुपमा अक्षरशः पालना गर्नु पर्ने माग राखेका छन् ।

२७ जेठमा भएको १० बुँदे अक्षरशः पालना, २ जेठ २०७५ मा पार्टीलाई फर्काउनु पर्ने र नेपाल समूहले दल निवेदन फिर्ता लिनु पर्ने उनीहरुको माग छ ।

साथसाथै यी १० नेताले एक्लाएक्लै कुनै पनि समूह वा पार्टीमा नलाग्ने पनि सहमति गरेका छन् ।



‘हामीमध्ये कोही पनि नेता यता खुल्ने वा उता खुल्ने भन्ने हुँदैन,’ यीमध्ये एक नेताले फरकधारलाई जानकारी दिए, ‘हामीले एक्लाएक्लै होइन, सामूहिक रुपमा निर्णय गर्ने र समाजवादको यात्रालाई थप बलियो बनाउन नेकपा एमालेको एकतामा जोड दिने सहमति गरेका छौँ ।’



  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ८:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया