तालिबानले नेटो र अमेरिकी सहयोगीलाई निशाना बनाइरहेको छ : युएन

संयुक्त राष्ट्र संघले तालिबानले अमेरिकी र नेटो सेनाहरूसँग काम गरेका मानिसलाई आफ्नो निशाना बनाएको बताएको छ।

संयुक्त राष्ट्र संघको जासुसी संस्था नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसले तयार पारेको रिपोर्टमा यस्तो बताइएको हो ।

रिपोर्टमा लेखिएको छ, ‘तालिबानले केही विशेष मानिसलाई आत्मसमर्पण गराउन हेतु उनको परिवारलाई गिरफ्तार गरिरहेका छन्, अर्थात् गिरफ्तार गर्ने अथवा ज्यान लिने धम्की दिइरहेका छन् ।’

जो मानिस सेना, प्रहरी अथवा जाँच गर्ने इकाइमा थिए, उनीहरूमा धेरै खतरा भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार तालिबानले ठूला सहरमा कब्जा नगर्दै यस्ता खाले मानिसको बारेमा जानकारी बटुलेका थिए ।

हालचालै तालिबानले अस्ट्रेलियन सेनासँग काम गर्ने एक दोभाषेलाई गोली हानी हत्या गरेका थिए ।



दोभाषे एक अफगानी थिए, उनी अस्ट्रेलियन दलसँग काबुल एयरपोर्टमा जाँदै थिए।



  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ८:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया