देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम
फाइल तस्वीर ।

नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल सरकारमा सहभागी हुने भएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालले बिहीबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

यो भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।

यी तीन नेताले बिहीबारको भेटमा सरकारका आगामि कदमबारे छलफल गरेका थिए । यतिमात्र होइन, नेपाल समूह सरकारमा सहभागी हुने विषयमा पनि यो भेटमा छलफल भएको थियो ।

यही भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अब सरकारमा सहभागी हुनेहरुको नाम माग गरेका छन् ।

‘उहाँहरु सरकारमा आउने निश्चित हो, त्यसैले दल दर्ता प्रक्रिया सकिएलगत्तै सरकार विस्तार हुने भएकाले देउवाले नेपालसँग मन्त्रीहरुको नाम माग्नु स्वभाविक हो,’ कांग्रेसका एक नेताले फरकधारलाई बताए ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १०:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया