प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित) को सम्पर्क कार्यालय मध्य बानेश्वरमा खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रस्तावित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाए ।
नेपाली कांग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । ‘पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैक अपरिहार्य रहेको छ । जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ । सोही आधारमा नेपाल सहकारी बैक दर्ता प्रकृया अघि बढेको हो,’ ढुंगानाले भने ।
एउटा मात्र बैकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा उनले खुसी व्यक्त गरे । बैंक खोल्न आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उनले जनाए ।
‘केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बंैक भनेर हल्ला गर्दै हिडेँका छन् । केही ले त बैक खोल्न दिनै हुदैन भन्ने गरेका छन् । तर म भन्छु यो बैक कुनै पार्टी विशेषको नभै देशैभरका सहकारीहरूको सेवामा समर्पित बैक हो,’ प्रस्तावित बैकका अध्यक्ष भण्डारीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।