फुटेर बनेकाे गुट एकीकृत र व्यक्तिगत स्वार्थकाे डफ्फा समाजवादी हुनै सक्दैन : सूर्य थापा

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधव कुमार नेपालकाे नयाँ पार्टीमाथि कटाक्ष प्रहार गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे कटाक्ष गरेका हुन् । उनले जुन गाेरुकाे सिङ छैन, त्यसकाे नाम तिखेसमेत भनेका छन् ।

थापाले लेखेका छन्, ‘दुई दिनअघि मैले लेखेकाे थिएँ- दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी)नाममा माधव कु.नेपालकाे पार्टी दर्ता भएकाे छैन, निर्वाचन आयाेगले त्यसाे गर्न सक्दैन र कानुनत: मिल्दैन । उनी नाम बदल्न बाध्य भए। फुटेर बनेकाे गुट एकीकृत र व्यक्तिगत स्वार्थकाे डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गाेरूकाे सिङ छैन,त्यसकाे नाम तिखे भनेजस्तो नाममै मजाक त नगर्ने कि, दुनियाँ हाँस्दैछन् !’

नेता नेपालले आफ्नाे नयाँ पार्टीकाे नाम एमाले (समाजवादी) राख्न चाहेका थिए । निर्वाचन आयोगले उक्त नाम अस्वीकार गरेपछि अहिले पार्टीको नामाकरण नेकपा (एकीकृत समाजवादी) गरिएकाे छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार ९:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया