ओमानमा हुने त्रिकाेणात्मक सिरिजका लागि राष्ट्रिय टिमकाे घाेषणा
फाइल फाेटाे

नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक एकदिवसीय सिरिजका लागि राष्ट्रिय टिमकाे घाेषणा गरेकाे छ ।

टिममा १७ जना खेलाडी रहेका छन् । टिमकाे कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्नेछन् । 

बलर गुलशन झा पहिलाे पटक राष्ट्रिय टाेलीमा पर्न सफल भएका छन् । बन्द प्रशिक्षणमा रहेका कमल सिंह ऐरी र शाहब आलम  भने टिममा पर्न सकेका छैनन् । 

सिरिजका लागि टिम मंगलबार ओमान प्रस्थान गर्नेछ ।

त्रिकाेणात्मक सिरिजभन्दा अगाडि नेपालले पपुवा न्युगिनी(पिएनजी)सँग दुई एकदिवसीय खेल खेल्ने क्यानले जनाएकाे छ ।

नेपाली टिम :



ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार 



 

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १२:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया