राजेश हमाल भन्छन्- टिकटक कलाकारले स्टार कलाकारलाई चुनौती

स्रेलिब्रेटी हुन् अथवा सर्वसाधारण । चलेका कलाकार हुन् अथवा नवप्रवेशी । सामाजिक सञ्जाल टिकटकमा विभिन्न अवतारमा भेटिन्छन् । अझ भनौँ टिकटकमा उनीहरूको लगाव राम्रै छ । टिकटकप्रति मानिसहरूको यो मोह देखेर अभिनेता राजेश हमाल भने अचम्म मानिरहेका छन् ।

हरेक वर्गको टिकटक मोह देखेर हमालले आफ्ना पुराना दर्शकहरूलाई सम्झना गरेका छन् । उनी भन्छन, ‘हामीले चलचित्रमा काम सुरु गर्दाको समयमा स्थानीयलाई पृष्ठभूमिमा अभिनय गरिदिनुहोस् भन्दा लजाउनु हुन्थ्यो । अहिले टिकटकमा सवै वर्गलाई देखेर छक्क पर्छु । हजुरआमादेखि नातीनातिनासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनु भएको छ ।’ हमालले अगाडि थपे ‘यसैले चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने पुस्तालाई भयंकर चुनौती छ ।’

अहिले सामान्य मानिस र कलाकार छुट्टाउनै मुस्किल भएको हमाल बताउँछन् । उनले चलचित्र क्षेत्रमा नै करिअर बनाउन र उत्कृष्ट हुन निकै चुनौती  रहेको उनको बुझाइ छ । हमाल भन्छन, ‘अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’ पछिल्लो समय अभिनेता हमाल आफै पनि टिकटकमा निकै देखिने गर्छन् । 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १०:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया