तालिबानले मिडियासँग राम्रो सम्बन्ध राख्नका लागि समिति गठन गर्ने

तालिबानले मिडियासँग राम्रो सम्बन्ध राख्नका लागि एक समिति गठन गर्ने भएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समितिमा तालिबानका एक प्रतिनिधि, मिडिया सुरक्षा संघका प्रमुख र काबुल प्रहरीका एक अधिकारी रहने बताएका छन् । 

यसभन्दा पहिला इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्सका उपमहासचिव जेरेमी डियरले अफगानिस्तानमा तालिबानको कब्जासँगै पत्रकारलाई काम गर्न गाह्रो भएको बताएका थिए ।

यद्यपि केही महिला पत्रकारलाई टिभी प्रस्तोताको रूपमा काम गर्न नदिइएको खबर आइरहेका छन् । 

उनका अनुसार अफगानिस्तानका पत्रकारलाई धम्की आएको र महिला रिपोर्टरलाई काम गर्नबाट रोकिएको छ । 

तालिबानको कब्जासँगै अफगानिस्तानका मिडिया बन्द हुन लागेको खबर पनि आइरहेका छन् । 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १२:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया