वामदेव गौतम एमालेमै, नेतृत्वसँग मतभेद भने कायमै

नेकपा एमालेका नेता वामदेव गौतमले आफू माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा नलागेको बताएका छन् । 

आइतबार गौतमको सचिवालयले विज्ञप्ति जारी गर्दै उनी एमालेमै रहेको जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै समाचार प्रकाशन भएका थिए । यसरी फोटोसहितका ब्यानर प्रकाशित गर्नुलाई उनको सचिवालयले चरित्र हत्याको संज्ञा दिएको छ ।

केही दिनअघि नेपाल समूहले गौतम पनि एकीकृत समाजवादी पार्टीमा सहभागी हुने दाबी गरेको थियो । त्यसको खण्डन गर्दै उनको सचिवालयले गौतम एमालेमै रहेको तर नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि राख्दै आएको मतभेद भने कायमै रहेको जनाएको छ ।  

सर्वोच्चले नेकपालाई मान्यता नदिएपछि गौतमले एमाले एकता अभियान चलाउँदै आएका थिए । उनले पार्टी अध्यक्ष केपी ओली र नेपाल पक्षबीच एकता कायम गर्ने अभियानमा सक्रिय रहेको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार २०:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया