बराबरीमा राेकियाे युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । 

आइतबार राति साउथह्याम्पटनकाे घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा सम्पन्न भएको खेलमा युनाइटेड साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ३० औँ मिनेटमा युनाइटेडका फ्रेडले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले अग्रता लिएकाे थियाे । 

खेलकाे ५५ औँ मिनेटमा मेसन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
 
खेल बराबरीमा टुंगिएसँगै दुबै टिमले एक-एक अंक बाँडेका छन् । युनाइटेडले २ खेलमा ४ अंक प्राप्त गरी तालिकाकाे पाँचाै स्थानमा छ। साउथह्याम्पटनले २ खेलमा १ अङ्क जोडी १३ औँ स्थानमा छ। 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ८:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया