लेभान्तेसँग बराबरीमा राेकियाे रियल मड्रिड
फरकधार / ७ भदौ, २०७८

स्पेनिस फुटबल लिग ला-लिगा अन्तर्गत गए राति सम्पन्न भएकाे खेलमा रियल मड्रिड बराबरीमा राेकिएकाे छ ।



रियल मड्रिड लेभान्तेकाे घरेलु मैदानमा ३-३ गाेलकाे बराबरीमा राेकिएकाे हाे ।

खेलकाे पाँचौँ मिनेटमा नै ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले २०१९ को सेप्टेम्बरपछि रियलका लागि पहिलो गोल गरेका हुन् ।



खेलको ४६ औँ मिनेटमा रोजरले मड्रिडविरुद्ध गोल गर्दै लेभान्तेलाई १-१ गोलको बराबरीमा ल्याए ।



खेलको ५७ औँ मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्तेलाई २-१ को अग्रता दिलाए ।

७३ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई २-२ काे बराबरीमा ल्याए ।

खेलको ७९ औँ मिनेटमा रोबरले गोल गर्दै लेभान्तेलाई ३-२ को अग्रता दिलाए ।

खेलको ८५ औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याई रियललाई हारबाट जोगाए ।

बराबरीमा राेकिएसँगै रियलले २ खेलमा ४ अंक जोडेको छ । रियल तालिकाकाे दोस्रो स्थानमा रहेको छ ।

लेभान्तेले २ खेलमा २ अंक जोडी आठाैँ स्थानमा छ ।

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ९:२५:२१,   अन्तिम अपडेट : भदौ ७, २०७८ साेमबार ९:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया