काबुल विमानस्थलमा गोलीबारी, एक अफगान सैनिकको मृत्यु

पछिल्लो समय तालिबान समूहले कब्जामा लिएको काबुलमा अब दैनिकजसो गोलीबारीका घटना आउन थालेका छन् । यही क्रममा अफगानिस्तानको काबुल विमानस्थलमा अज्ञात बन्दुकधारीहरुले गोली चलाएका छन् ।

गोली लागेर अफगान सैनिकको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार अफगान सुरक्षा बल र पश्चिमी देशका सेनाले अज्ञात बन्दुकधारीविरुद्ध पनि गोली चलाएका थिए । समाचार एजेन्सी रोयर्टसका अनुसार जर्मन सेनाका एक अधिकारीले त्यहाँ अफगानी सेनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

घटनामा तीन जना घाइते भएका छन् ।

अफगानिस्तानको काबुल विमानस्थलमा देश छोड्न चाहेका हजारौँ अफगानीहरु जम्मा भएका छन् । गोलीबारीको यो घटना त्यही भीडमा भएको थियो । आज विहानको यो घटनामा जर्मन सेना र अमेरिकी सेनाले जवाफी कारवाही गरेको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १३:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया